Dhulikhel Eco Banner new

अमेरिकी डलरसँगै युरोको मूल्य पनि घट्यो

3.98K
shares

काठमाडौं, १८ चैत । शनिबार अमेरिकी डलरको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार स्थिर रहेको अमेरिकी डलरको मूल्यमा शनिबार २८ पैसाले घटेको हो ।

शुक्रबार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४५ पैसा रहेको थियो भने शनिबार १३१ रुपैयाँ १७ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै अघिल्लो दिन १३२ रुपैयाँ ५ पैसा बिक्रीदर रहेको डलरको मूल्य शनिबार १३१ रुपैयाँ ७७ पैसा कायम भएको छ ।

त्यस्तै शनिबार युराको मूल्य भने सामान्य रुपमा घटेको छ । आज युरो एकका खरिद १४२ रुपैयाँ ७७ पैसा रहेको छ । शुक्रबार एक युरोको खरिददर १४३ रुपैयाँ ४ पैसा रहेको थियो । त्यस्तै शनिबारका लागि युरो एकको बिक्रीदर १४३ रुपैयाँ ४२ पैसा कायम गरिएको छ । अघिल्लो दिन भने युरो एकको बिक्रीदर १४३ रुपैयाँ ७० पैसा रहेको थियो ।

त्यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा रहेको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ८४ पैसा र बिक्रीमा ९७ रुपैयाँ २८ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ६४ पैसा र बिक्रीमा ९९ रुपैयाँ ९ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा तय गरिएको छ ।

साउदी रियाल खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८८ पैसा रहेको छ ।

लडरको मूल्यमा वृद्धि हुँदा हाम्रो जस्तो आयातमुखि अर्थतन्त्र भएको र विदेशी ऋणमा चलेको देशलाई आर्थिक भार पर्ने अर्थविद्हरुको भनाइ छ ।