पाउण्डको मूल्य घट्दा डलरको स्थिर
वि.सं.२०७९ चैत २० सोमवार ०९:१२
shares

काठमाडौं, २० चैत । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार पाउण्डको मूल्य घटेको छ । अघिल्लो दिन बढेको पाउण्डको मूल्य सोमबार भने घटेकाे हो ।
आइतबार पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २२ पैसा रहेको थियो भने बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा रहेको थियो । राष्ट्र बैंकले सार्वजनिक गरेको विनियमदर अनुसार सोमबार एक पाउण्डको खरिददर १६१ रुपैयाँ ८० पैसा र बिक्रीदर १६२ रुपैयाँ ५४ पैसा रहेको छ । सोमबार पनि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । अघिल्लो दिनको जस्तै एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा नै रहेको छ ।
त्यस्तै आइतबार युरोको विनमयदर पनि घटेको छ । आइतबार एक युरोको खरिददर १४२ रुपैयाँ ७७ पैसा रहेको थियो भने आज एक पाउण्डको खरिददर १४२ रुपैयाँ २० पैसा रहेको छ । त्यस्तै अघिल्लो दिन १४३ रुपैयाँ ४२ पैसा रहेको बिक्रीदर १४२ रुपैयाँ ८५ पैसा कायम भएको छ । त्यस्तै अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७० पैसा र बिक्रीदर ८८ रुपैयाँ १० पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४९ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९९ रुपैयाँ १ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा रहेको छ ।
साउदी रियाल खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९७ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८८ पैसा रहेको छ ।















