Dhulikhel Eco Banner new

कोशी र गण्डकीका पहाडी भूभागमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना

4.29K
shares

काठमाडौं, २० चैत । आज (सोमवार) मुलुकको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ । बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । त्यस्तै, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ ।

सोमवार राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।