भाइदेग मन्दिर पुनः निर्माणाका लागि रकम हस्तान्तरण
वि.सं.२०७९ चैत २० सोमवार १८:४८
shares

काठमाडौं २० चैत्र । ललितपुर जिल्लाको ललितपुर मंगलबजारमा रहेको भाइदेग मन्दिर पुनः निर्माणका लागि रकम हस्तान्तरण गरिएको छ । मन्दिर पुनः निर्माणका आयोजना गरिएको सम्पदा पैदल यात्राको आयोजना गरिएको थियो र सो पदैल यात्राबाट संकलित रकम सोमबार संस्कृति सम्पदा समूहका उपाध्यक्ष कनकमणि दिक्षितलाई हस्तान्तरण गरिएको हो ।
मंगलबार आयोजना गरिएको कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबावु महर्जन, अतिथि कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य, अध्यक्ष पृथ्वीबहादुर पाँडे लगायतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको छ । मन्दिर पुनः निर्माणका लागि फागुन ६ गते शिवरात्रीको दिन ललितपुर महानगरपालिका वडा नम्बर १६ मंगलबजारदेखि किर्तिपुर नगरपालिकामा रहेको उमा महेश्वरसम्मको सम्पदा यात्रा गरिएको थियो । १२ किलोमिटर लामो पदैल यात्रामा २ हजारभन्दा बढी व्यक्तिको सहयागिता रहेको थियो ।

वि.सं.१९९० को भूकम्पले क्षति पुर्याएको यो मन्दिरकोे पुनःनिर्माणका लागि सम्बन्धित निकाएले चासो नदिएपछि पैदल यात्राको आयोजना गरिएको रोटरी क्लब अफ पाटन हेरिटेजका सचिव सज्जु प्रधानले जानकारी दिए । पैदल यात्रा कार्यक्रको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा गरेका थिए ।

















