भारतीय चाणक्य टेलिश्रृखलाका निर्देशक डा.चन्द्रप्रकाश द्विवेदी नेपालमा
वि.सं.२०७९ चैत २० सोमवार १८:३१
shares

काठमाडौं, २० चैत्र । भारतीय सिनेमा जगतका प्रसिद्ध निर्देशक डा.चन्द्रप्रकाश द्विवेदी नेपाल आएका छन् । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आयोजना गरेको कार्यक्रममा सहभागि हुन निर्देशक द्धिवेदी नेपाल आएका हुन् ।
अन्तरक्रिया कार्यक्रम हिमालयन होटलमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक आशावाई बापट द्विवेदीको बालापनदेखि आजसम्मको यात्राको बारेमा सोधिएको प्रश्नको उत्तर दिएका थिए । कार्यक्रममा नेपाली सिनेमाका महानायक राजेश हमाले द्विवेदीको प्रशंसा गर्दै स्वागत समेत गरे ।
द्विवेदी पेशाले डाक्टर हुन् । तर भारतीय साहित्यमा अत्यन्त रुचि भएको कारण डाक्टरी पेशा छोडेर उनी कलाकारीतामा प्रवेश गरेका हुन् । उनी एक चलचित्र निर्देशक, अभिनेता र सन १९९०–१९९२ प्रसारण हुने प्रसिद्ध टेलिभिजन महाकाव्य चाणक्यका निर्देशक र अभिनय समेत गरेका थिए । त्यस्तै गरी सन १९९६ मा टेलिभिजन शृंखला मृत्युञ्जय पनि निर्देशन गरेका थिए ।
यसका लागि उनले स्क्रिन भिडियोकन सर्वश्रेष्ठ निर्देशक अवार्ड पनि जितेका थिए । सन २००३ मा फिल्म पिंजर जुन हिन्दु«««–मुसलमान बीचको तनावमा आधारित दुःखद प्रेम कहानी हो । अर्को सन २०२२ मा पृथ्वीराज पनि लेखे र निर्देशन पनि गरे । उनले जी टिभी प्रोग्राम डिभिजन हेडको रुपमा काम समेत काम गरे । जनवरी २०२२ मा उनलाई भारत सरकारले प्रतिष्ठित पद्मश्री पुरस्कार पनि प्रदान गरेको थियो ।
उनले कायक्रममा नेपालको प्राकृतिक सुन्दरताको बारेमा चर्चा गरेका थिए । भारतीय सिनेमा नेपालमा सुटिङ गर्ने इच्छा भएपनि कलाकारहरु नेपालमा ल्याउन मुश्किल भएको उनको भनाइ थियो । नेपाली कलाकारहरुलाई मनिषा कोइराला जस्तै भारतीय सिनेमामा लिने उनले प्रतिबद्धता गरे ।

















