Dhulikhel Eco Banner new

मिटर ब्याज तथा ठगीविरुद्ध माइतीघरमा मार्च पास

4.63K
shares

काठमाडौं, २० चैत । मिटर ब्याज तथा ठगी विरुद्ध किसान–मजदुर सङ्घर्ष समिति नेपालले सोमबार काठमाडौँमा मार्च पास गरेका छन् । विभिन्न आठ जिल्लाबाट काठमाडौँमा जम्मा भएका मिटरब्याजी पीडितहरूले काठमाडौँको माइतीघर मण्डलामा मार्च पास प्रदर्शन गरेका हुन् ।

फर्जी तमसुक खारेज गर, किसानको भूमि फिर्ता गर, सुदखोरहरुको सम्पत्ति खारेज गर, पीडितलाई न्याय दे लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले त्रिपुरेश्वर, माइतीघर हुँदै भद्रकालीसम्म मिटरब्याजीका विरुद्ध चर्को नाराबाजी गरेका छन् ।

प्रदर्शनमा रौतहट बाट आएकी लाल रेख बढाइँले सरकारले न्याय नदिए सम्म घर नफर्किने बताइन् । उनले आफ्नो जग्गा जमिन साहुले बन्देज गराएको बताउँदै जाली तमसुक खारेज हुनुपर्ने र छिटो न्याय पाउनुपर्ने माग गरिन् ।

उनले भनिन् ‘हाम्रो लुटेको जग्गा जमिन फिर्ता हुनुप¥यो, जाली तमसुक सबै खारेज हुनुप¥यो, घरबार विहीन भयौँ जङ्गलमा बस्नुपर्ने स्थिति आएको छ ।’