सरोज गुरागाईंले सानिमा बैंक छाडे, नेशनल फन्ड म्यानेजमेन्टको सीईओमा नियुक्त
वि.सं.२०७९ चैत २३ बिहीवार १८:५८
6.01K
shares
shares

काठमाडौं, २३ चैत । सानिमा बैंकका विभागीय प्रमुख सरोज गुरागाईंले राजीनामा दिएका छन् । बैंकको प्रमुख निक्षेप अधिकृत रहेका गुरागाईंले पदबाट राजनीमा दिएका हुन् ।
बैंक छाडेपछि उनी नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत बनेका छन् । सानिमा बैंक श्रोतका अनुसार उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।


















