पाउण्डसँगै अमेरिकी डलरको मूल्यमा पनि गिरावट
वि.सं.२०७९ चैत २४ शुक्रवार १०:०२
shares

काठमाडौं, २४ चैत । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको अमेरिकी डलर बिहीबार भने घटेको हो ।
शुक्रबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा रहेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५० पैसा रहेको थियो । त्यस्तै शुक्रबारका लागि तोकिएको विनिमयदर पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६२ पैसा रहेको छ । अघिल्लो दिन खरिददर १६३ रुपैयाँ १७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५१ पैसा रहेको थियो ।
त्यस्तै शुक्रबारका लागि युरो एकको खरिददर १४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४३ रुपैयाँ १८ पैसा कायम भएको छ ।
राष्ट्र बैंकले शुक्रबारका लागि जारी गरेको बिनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ २ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४७ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८० पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रुपैयाँ १ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८५ पैसा रहेको छ ।


















