मोहन वैद्य र धमेन्द्र बास्तोला नेतृत्वको पार्टी एकीकरण हुँदै
वि.सं.२०७९ चैत २४ शुक्रवार १२:१४
5.43K
shares
shares

काठमाडौं, २४ चैत । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टी एकताको तयारी गरेका छन् । पार्टी एकताबारे जानकारी दिन आज दुवै पार्टीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता मोहन वैद्य हुन् भने, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धमेन्द्र बास्तोला हुन् ।
नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिविधि गर्दै आएका छन् ।

















