Dhulikhel Eco Banner new

नेशनल एकेडेमि र होटल सेभेन स्टार बिच सम्झौता सम्पन्न

12.94K
shares

काठमाडौं, २५ चैत । नेशनल एकेडेमि फर फाईनान्सियल सर्भिसेज प्रालि र चितवन सौराहाको होटल सेभेन स्टार प्रालि बिच संस्थागत सल्लाहकारको सेवा लिने दिने बिषयमा द्विपक्षिय समझौता सम्पन्न भएको छ।काठमाडौं बत्तिसपुतलि स्थित होटल द्वारिकामा शुक्रवार आयोजित संक्षिप्त कार्यक्रम बिच यो समझौता भएको हो। नेशनल एकेडेमिको तर्फबाट कम्पनि संस्थापक अध्यक्ष रमेश कुमार भट्टराई र होटल सेभेन स्टारको तर्फबाट प्रबन्ध संचालक माधब दवाडिले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

बैशाक पहिलो हप्ताबाट सञ्चालन हुन थालेको नेशनल एकेडेमि फर फाईनान्सियल सर्भिसले बैकं वित्तिय संस्था,बीमा कम्पनि,सहकारी ,धितोपत्र कम्पनि ,मर्चेन्ट बैकंर, भेन्चर क्यापिटल तथा सबै प्रकारका उद्योग व्यवसायलाई सहयोग पुग्ने गरि काउन्सेलिगं ,कन्सलटेन्सि र कोचिगं (तालिम) प्रदान गर्ने उद्देश्य राखेको छ।

देश विश्वव्यापी आर्थिक मन्दिको चपेटमा पर्दै गईरहेको छ।उद्योग व्यवसाय चल्न नसकि अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको बैकं वित्तीय संस्थाको खराब कर्जा डरलाग्दो हिसाबले बढ्दै गइरहेको छ। यस्तोमा पुर्ब सफल र विशेषज्ञ बैकंरको टिम बनाएर सबै किसिमका उद्योग व्यवसाय र संस्थालाई आवश्यक सल्लाहकार सेवा कम्पनीले प्रदान गर्ने छ।

कम्पनिमा नेपाल बैकं,कृषि विकास बैकं र बिमा समितिका पुर्ब प्रमुख चार्टर्ड एकाउन्टेन्ट देबेन्द्र प्रताप शाह, महालक्ष्मी फाईनान्स , महालक्ष्मी विकास बैकं,नेपाल लाईफ,एशियन लाईफ,नेपाल बिमक संघका पुर्ब प्रमुख रमेश कुमार भट्टराई , प्रुडेन्सियल फाईनान्स, युनाईटेड फाईनान्स,सिद्धार्थ विकास बैकंका पुर्ब प्रमुख अजय कुमार मिश्र तथा अन्य अनुभवि अधिवक्ता,चार्टर्ड एकान्टेन्ट,बिमा विज्ञ, आटि विज्ञ ,लघुबित्त विज्ञ ,संचार उद्यमिको टिम बनाएर संकटको यस घडिमा कम्पनीले कारोबार संचालन गर्न गईरहेको छ।

हिजो सम्पन्न समझौता अन्र्तगत नेशनल एकेडेमिले होटल सेभेन स्टारको अपग्रेडेसन, कारोबार र क्षमता बिस्तार,लगानि श्रोतको व्यवस्थापन , पब्लिक लिमिटेड कम्पनिका लागी सर्वसाधरणमा शेयर निष्काशन,होटलको सिस्टम डेभलपमेन्ट लगायतको काममा सल्लाहकारको सेवा प्रदान गर्ने सहमति भएको रमेश कुमार भट्टराई जानकारि दिएका छन् ।