Dhulikhel Eco Banner new

अमेरिकी डलरको मूल्य स्थिर, कुन देशको पैसाकाे मूल्य कति ?

4.49K
shares

काठमाडौं, २६ चैत । नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । पछिल्लो दुई दिनदेखि डलरको मूल्य स्थिर रहेको हो ।

राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिक डलरको खदिरदर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै आइतबार युरो एकको खरिददर १४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३१ पैसा रहेको छ ।

युरोको विनिमयदर अघिल्लो दिन पन त्यति नै रहेको थियो । आइतबार पाउण्ड मूल्य बढेको छ । पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा रहेको थियो ।

राष्ट्र बैंकले शनिबारका लागि जारी गरेको बिनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ८२ पैसा र बिक्रीमा ९७ रुपैयाँ २६ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ २९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७४ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ६९ पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसा रहेको छ ।