Dhulikhel Eco Banner new

नेपाल पे बाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

3.94K
shares

काठमाण्डौं, २६ चैत श्र अब ग्राहकहरुले नेपाल पे को क्युआर स्कयान गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । उक्त अफर नेपाल भरी रहेका नेपाल पे क्युआरका सम्पूर्ण मर्चेन्टहरुमा यहि चैत २६ गते देखि २०८० वैशाख २ गतेसम्म उपलब्ध हुनेछ ।

विभिन्न मर्चेन्टहरुमा क्तबतष्अ त्तच्, डिपार्ट्मेन्ट स्टोरमा Dynamic QR इ–कमर्श पोर्टलमा QR गेटवे तथा पिओएसमा उपलब्ध रहेको nepalpay QR ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग, वालेट वा कनेक्टआइपिएस बाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्छन् । नयाँ वर्ष २०८० मा नेपाल भरी रहेका २ लाख ३५ हजार  भन्दा बढी nepalpay QR मर्चेन्टहरुमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।

हाल NEPALPAY QR को सुविधा अधिकांश बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग र वालेटहरुमा उपलब्ध रहेको छ । NEPALPAY QR बाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले QR scan गर्ने option मा गई NEPALPAY logo यिनय लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।