सामुदायिक लघुवित्तको लाभांश संशोधन
वि.सं.२०७९ चैत २६ आइतवार १०:४९
shares

काठमाडों, २६ चैत । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश संशोधन भएको छ । लघुवित्तले चुक्ता पुँजीको २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकोमा अब कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको हो ।
जसमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ५ प्रतिशत कर प्रयोजन सहित नगद लाभांश रहेको छ । नेपाल राष्ट्र बैंकको फागु १० गतेको निर्देशन अनुसार सो लाभांश संशोधन गरिएको लघुवित्तले जनाएको छ । चैत २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।









