सन्दीप लामिछाने विरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज
वि.सं.२०७९ चैत २६ आइतवार ११:११
shares

काठमाडौं, २६ चैत । नेपाली क्रिकेट सन्दीप लामिछाने विरुद्धको मुद्दाको अन्तिम सुनुवाई आइतबार हुँदै छ । जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्धको मुद्दाको पेसी आइतबारका लागि तोकेको हो ।
अघिल्लो साता पालो नपाएकाले सुनुवाइ हुन नसकेको मुद्दालाई प्राथमिकतामा राखिएको छ । लामिछानेको मुद्दाको फैसला गरेका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा गत बुधवार सुनुवाइ हुने तय भएपछि उनका कानुन व्यवसायीको अनुरोधमा रोकिएको थियो ।
पुनः सुनवाइका लागि पेशी तोकिएको भए पनि समय सीमा अभावका कारण गत बिहीबार सुनवाइ हुन सकेको थिएन । सर्वोच्च अदालतले सो मुद्दाको चाँडो किनारा लगाउनका लागि निर्देशन दिए अनुसार आजै फैसला आउन सक्ने सम्भावना रहेको छ । एक किशोरीमाथि बलात्कार आरोप लागेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । सो आदेशसँगै लामिछाने पुर्पक्षका लागि जेल गए पनि पाटन उच्च अदालतले कडा सर्तसहित २० लाख धरौटीमा उनलाई छाडेको थियो ।









