Dhulikhel Eco Banner new

अर्थमन्त्री डा. महतसँग आर्थिक मिडिया सञ्चालकहरुको भेट

4.99K
shares

काठमाडौं, २६ चैत । अर्थमन्त्री डा. प्रकाशशरण महतले संकलित राजस्वले साधारण खर्च नपुग्ने अवस्था सिर्जना भएको बताएका छन् । आर्थिक मिडिया सञ्चालकहरुसँगको भेटमा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।

‘पूँजीगत खर्चमा हामीले आन्तरिक र बाह्य ऋणमा निर्भर रहनुपर्ने अवस्था सिर्जना भएको छ,’ अर्थमन्त्री महतले भने । आर्थिक मिडिया सञ्चालक संघको टोलीसँग अर्थमन्त्री डा. महतले आर्थिक वृद्धिदरको सूचांक धेरै निराशाजनक नभए पनि माग र आपूर्तिको समस्या, लगानीकर्ताका आफ्नै समस्या, व्याजदरको समस्या, पुँजी बजारमा समस्या देखिएको बताएका छन् । ‘परिस्थितिका कारण केही अप्ठ्यारा छन्, ती अप्ठ्यारा सामना गर्न सकिन्छ,’ अर्थमन्त्री महतले भने ।

अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकको समस्यामा नकरात्मक सूचांकलाई सकरात्मक दिशामा फर्काउन सकिने मन्त्री डा. महतको भनाइ थियो । ‘साधारण खर्चलाई संयमित ढंगले उपयोग गर्ने नीति सरकारले लिनेछ । अप्ठ्याराहरु गम्भीर छन्, तर हामी समाधान गछौं’ उनले भने, ‘अर्थतन्त्रलाई सकरात्मक दिशामा फर्काउन हामी लागिरहेका छौं ।’