Dhulikhel Eco Banner new

एफएनसीसीआई मतगणना अपडेट : वरिष्ठमा ५०० मत गन्दा रामचन्द्रको अग्रता

6.84K
shares

काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पछिल्लो समय रामचन्द्र संघईले अग्रता लिएका छन् । सुरुवाती रुपमा पछि परेका उनले ५०० मत गन्दा १७५ मत सहित अग्रता लिएका हुन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षका अन्य उम्मेदवार अन्जन श्रेष्ठ १६१ र उमेशलाल श्रेष्ठले १५६ मत पाएका छन् ।
उपाध्यक्ष सहति अधिकांश केन्द्रीय सदस्यहरुको मत परिणाम सार्वजनिक भइसकेको छ ।

वस्तुगत उपाध्यक्षमा उमेशलाल समूहका हेमराज बढकाल र जिल्ला नगरमा संघई समूहका सुरकृष्ण वैद्य र एसोसिएटमा ज्योत्स्ना श्रेष्ठ विजयी भएका छन् ।