Dhulikhel Eco Banner new

वरिष्ठ उपाध्यक्षमा अग्रता बढाउँदै उमेशलाल, ३०० मत गणाना हुँदा कसको कति ?

5.46K
shares

काठमाडौं, ३० चैत । । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठले आफ्नो अग्रता बढाउँदै लगेका छन् । पहिलो १०० मत गन्दा ३ मतले पछि रहेका श्रेष्ठले ३०० मत गन्दा १०० भन्दा बढी मत पाएका हुन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको मत अनुसार उमेशलाले ११३ मत प्राप्त गरेका छन् । त्यस्तै रामचन्द्र संघईले ९६ र अन्जन श्रेष्ठले ९१ मत पाएका छन् ।

उपाध्यक्ष सहति अधिकाशं केन्द्रीय सदस्यहरुको मत परिणाम सार्वजनिक भइसकेको छ । वस्तुगत उपाध्यक्षमा उमेशलाल समूहका हेमराज बढकाल र जिल्ला नगरमा संघई समूहका सुरकृष्ण वैद्य र एसोसिएटमा ज्योत्स्ना श्रेष्ठ विजयी भएका छन् ।