Dhulikhel Eco Banner new

युरो र पाउण्डको मूल्य बढ्दा डलरको घट्यो

5.86K
shares

काठमाडौं, १ वैशाख । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन घटेको डलरको मूल्य नयाँ वर्षको पहिलो दिन पनि घटेको हो ।

राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिक डलरको खदिरदर १३० रुपैँया ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा रहेको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६३ पैसा रहेको थियो ।

त्यस्तै शुक्रबार युरोको खदिर तथा बिक्रीदर बढेको छ । राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक युरोको खरिददर १४४ रुपैयाँ रहेको छ भने बिक्रीदर १४४ रपैयाँ ६६ पैसा रहेको छ । अघिल्लो दिन युरोको खरिददर १४३ रुपैयाँ २२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८७ पैसा थियो । शुक्रबार पाउण्ड मूल्य बढेको छ । पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा रहेको छ । अघिल्लो दिन पाउण्डको खरिददार १६२ रुपैयाँ ७० पैसा र बिक्रीदर १६३ रुपैयाँ ४४ पैसा रहेको थियो ।

राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९८ रुपैयाँ २ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ ६० पैसा र बिक्रीमा ९९ रुपैयाँ ५ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९३ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ६९ पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसा रहेको छ ।