Dhulikhel Eco Banner new

नेपाल र युएई बीचको खेल पुनः रोकियो

4.59K
shares

काठमाडौं, १८ वैशाख । एसीसी प्रिमियर कपको फाइनल खेल पुनः रोकिएको छ । टियु मैदानमा जारी खेलमा दोस्रो पटक खेल रोकिएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा पुनः पानी परेपछि खेल दोस्रो पटक रोकिएको हो । यसअघि यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पनि खेल रोकिएको थियो ।

प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकाले यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।