Dhulikhel Eco Banner new

बैंकहरुको घट्यो बेस रेट, कुन बैंकको कति ?

7.22K
shares

काठमाडौं, १८ वैशाख । हाल नेपालमा रहेको २१ वटा वाणिज्य बैंकहरु मध्ये अधिकांश बैंकहरुले आधार दर (बेस रेट) घटाएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अर्थात ६ महिनाको तुलनामा तेस्रो त्रैमासिकमा बेस रेट घटाएका हुन् । बसे रेट घट्दा समग्रमा ब्याजदर घट्ने अनुमान गरिएको छ ।

सबैभन्दा कम बेस रेट राष्ट्रिय वाणिज्य बैंकको रहेको छ भने सबैभन्दा धेरै बेस रेट सनराइज बैंकको रहेको छ । यसको अर्थ कर्जाको ब्याजदर राष्ट्रिय वाणिज्य बैंकमा सबै बैंकमा भन्दा सस्तो पर्ने छ भने सनराइज बैंकको सबैभन्दा महंगो भएको छ ।

पुस महिनाको तुलनामा अहिले अधिकांश बैंकहरुको बेस रेट घटेको छ । नेपाल राष्ट्र बैंकले बेस रेट ४ प्रतिशत कायम गरेतापनि सनराइज बैंकको बेस रेट ११.३४ प्रतिशत रहेको छ । राष्ट्र बैंकको निति अनुसार असार मसान्तमा तोकेको भन्दा बढि बेस रेट भएको बैंकलाई कारर्वाहि समेत गर्ने गरेको छ । दोस्रोमा स्ट्याण्डर चार्टर बैंकको बेस रेट ९.२७ प्रतिशत रहेको छ ।

यसैगरी तेस्रो नम्बरमा नेपाल बैंक ९.९२, चौथौ नम्बरमा नम्बरमा एभरेष्ट बैंकको ९.९४ र पाँचौमा नबिल बैंक ९.९९ प्रतिशत रहेको छ । यी मध्ये नेपाल बैंकले भने बेस रेट बढाएको छ । पुसमा ९.९० प्रतिशत थियो भने अहिले बढेर ९.९२ प्रतिशतमा कायम भएको छ ।

कुन बैंकको कति छ बेस रेट ?

सि नं . बैंकहरुको नाम बेस रेट(चैत मसान्त) बेस रेट(पुस मसान्त)
१. राष्ट्रिय वाणिज्य बैंक ८.४७%  ९.७३%
२. स्ट्याण्डर चार्टर ९.२७% ९.६७%
३. नेपाल बैंक ९.९२% ९.९०%
४. एभरेष्ट बैंक ९.९४% ९.९७%
५. नबिल बैंक   ९.९९% १०.१०%
६. नेपाल इन्भष्टमेन्ट मेघा बैंक १०.१६% १०.४२%
७. कृषि विकास बैंक १०.२७% ११.०६%
८. सिद्धार्थ बैंक १०.४५% १०.९१%
९. एनआइसि एसिया बैंक १०.४८% ११.०२%
१०. एनएमबि बैंक १०.६१% १०.६८%
११. सानिमा बैंक १०.६३% १०.८६%
१२. ग्लोबल आइएमइ बैंक १०.६९% १०.८०%
१३. कुमारी बैंक   १०.९३% ११.७३%
१४. प्राइम कमर्सियल बैंक ११.०१% ११.३४%
१५. हिमालयन बैंक ११.०६%  १०.८६%
१६. प्रभु बैंक ११.०७%  ११.४४%
१७. नेपाल एसबिआई ११.०८% १०.७५%
१८. लक्ष्मी बैंक ११.०९% ११.३७%
१९. सिटिजन्स बैंक ११.१४% ११.३९%
२०. माछापुच्छ्रे बैंक ११.३१% ११.२३%
२१. सनराइज बैंक ११.३४% ११.६२%