फाइनल जित्न नेपाललाई ११८ रनको लक्ष्य
वि.सं.२०८० वैशाख १९ मंगलवार ०९:३४
shares

काठमाडौं, १९ वैशाख । नेपालले एसीसी प्रिमियर कपको फाइनल जित्नका लागि ११८ रनको लक्ष्य पाएको छ । अघिल्लो दिन बर्षाका कारण रोकिएको खेल आज पुनः भएको थियो । जसमा युएईले ११७ रन बनाए पछि नेपाली टोलीले सामान्य लक्ष्य पाएको हो ।
सोमबार बर्षा भएपछि १०६ रनमा ९ विकेट गुमाएको अवस्थाबाट खेल्न सुरु गरेको युएई ११७ रनमा समेटिएको हो । उसका लागि आसिफ खानले सर्वाधिक ४६ रनको योगदान दिए । अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेन् । युएईलाई सस्तैमा समेट्ने क्रममा ललितनारायण राजबंशीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए भने सोमपाल कामी र गुल्सन झाले १/१ विकेट लिए ।
विजेता टोली एसियाकपमा छनोट हुने भएकाले यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको छ । ११८ रनको लक्ष्य सहित नेपाली टोलीले केही बेरमा आफ्नो ब्याटिङ सुरु गर्ने छ ।

















