युएईलाई पराजित गर्दै नेपाल एशियाकपमा छनोट
वि.सं.२०८० वैशाख १९ मंगलवार ११:४९
shares

काठमाडौं, १९ वैशाख । नेपाल एशियाकप क्रिकेट प्रतियोगीताका लागि छनोट भएको छ । एसीसी प्रिमियर कप क्रिकेटको उपाधी जितेसँगै नेपाल एशियाकपका लागि छनोट भएको हो ।
एशियाकपमा छनोटका लागि युएईले दिएका ११८ रनेको लक्ष्य नेपालल ३० ओभर ३ बलमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । नेपालको जितमा गुल्सान झाले अर्धसशतक प्रहार गरे । निकै खराब सुरुवात गरेको नेपालका लागि गुल्सन र भीम सार्कीले उत्कृष्ट साझेदारी गर्दै जित दिलाएका हुन् । गुल्सनले ६७ रन बनाए भने भीमले ३६ रनको योगदान दिए । ओपनर कुशल भुर्तेल, आसिफ शेख र कप्तान रोहित पौडेले सस्तैमा आउट भए पछि नेपाली टोली केही दबामा आएको थियो । तर गुल्सन र भीमले सावधानिपूर्वक ब्याटिङ गर्दा नेपाल विजयी भयो ।
युएईका लागि रोहन मुस्थापाले २ विकेट लिए भने आयान अफजल खानले १ विकेट लिए । यस अघि सोमबार टस जितेर पहिले ब्याटिङ गरेको युएईले ३३ ओभर १ बलमा अलआउट हुँदै ११७ रन बनाएको थियो । उसका लागि आसिफ खानले सर्वाधिक ४६ रनको योगदान दिए । अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेन् । वर्षाका कारण अघिल्लो दिन हुन नसकेको खेल आज पुनः सुरु भएको थियो । युएईलाई सस्तैमा समेट्ने क्रममा ललितनारायण राजबंशीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए भने सोमपाल कामी र गुल्सन झाले १/१ विकेट लिए ।

















