कार्यकाल सकिन लाग्दा धमाधम लाइसेन्स बाड्दै धितोपत्र बोर्डका अध्यक्ष
वि.सं.२०८० वैशाख २३ शनिवार ०९:१२
shares

काठमाडौं, २१ वैशाख । कार्यकाल सकिन १ वर्षमात्रै बाँकी रहदा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लाइसेन्स वितरणलाई तीव्रता दिने भएका छन् । ठूला व्यापारिक घरानाहरुलाई धमाधम लाइसेन्स बाड्ने गरी बोर्ड अध्यक्ष हमालले काम कारबाहीलाई तीव्र बनाएका हुन् ।
बिहीबारमात्रै थप १३ ब्रोकर कम्पनीहरुलाई बोर्डले आशय पत्र दिएको छ । यसअघि १६ कम्पनीहरुलाई बोर्डले आशय पत्र दिएको थियो । यसबाहेक नयाँ स्टक एक्सचेञ्ज र वस्तुविनिमय बजारको समेत लाइसैन्स वितरणका लागि बोर्ड काम कारबाहीहरु धमाधम गरिरहेको छ ।
धितोपत्र बोर्ड अध्यक्षको कार्यकाल ५ वर्षको हुने व्यवस्था छ । ५ फागुन २०७८ सालमा अध्यक्ष नियुक्त भएका हमालको कार्यकाल भने लगभग १ वर्षमात्रै बाँकी छ । तत्कालिन बोर्ड अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले पदबाट हटाएपछि बाँकी कार्यकालका लागि मात्रै हमाल नियुक्त भएका थिए ।

















