आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स गाभिए, आगामी २७ गते एकिकृत कारोबार
वि.सं.२०८० वैशाख २३ शनिवार १०:३४
4.52K
shares
shares

काठमाडौं, २२ वैशाख । आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक अर्कामा गाभिएका छन् । मर्जरका लागि यि २ कम्पनीले गत माघमा प्रारम्भिक सम्झौता गरेका थिए भने ५ चैतमा अन्तिम सम्झौता गरेका थिए । बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणले स्वीकृति दिए पछि यि कम्पनीहरु मर्जरमा गएका हुन् ।
आगामी २७ गते यि २ कम्पनीहरुले एकिृकत कारोबार सुरु गर्ने बताएका छन् । आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी समान हैसियतमा मर्जरमा गएका हुन् ।

















