राष्ट्र बैंकका गर्भनर अधिकारी भन्छन्– हाम्रा कर्मचारी गर्व गर्न लायक छन्
वि.सं.२०८० जेठ १ सोमवार १३:५५
shares
फाइल फोटो
काठमाडौं, १ जेठ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकका कर्मचारीहरुले उत्कृष्ट रहेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्धारा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै गर्भनर अधिकारीले केन्द्रीय बैंकका कर्मचारीहरु गर्वगर्न लायक रहेको बताएका हुन् ।
उनले राष्ट्र बैंकमा २६ प्रतिशत महिला सहित करिब साढे १ हजार १०० जना कर्मचारीहरु रहेको र सबै कर्मचारी गर्व गर्न लायक रहेको उनको दाबी गरेका छन् । उनले राष्ट्र बैंक जिम्मेवार र परिपक्क संस्थाको रुपमा रहनुमा सबै स्टाफको जिम्मेवारी रहेको भन्दै कर्मचारीहरुको प्रसंसा गरेका हुन् ।

















