Dhulikhel Eco Banner new

डलरसँगै युरो र पाउण्डको मूल्य पनि बढ्यो

4.51K
shares

काठमाडौं, २ जेठ । नेपाल राष्ट्र बैंकले मंगलबार लागि जारी गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यसँगै युरो र पाउण्डको मूल्य पनि बढेको छ । अघिल्लो दिन डलरको मूल्य स्थिर रहेको थियो भने पाउण्ड र युरोको मूल्य सामान्य रुपमा घटेको थियो ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९८ पैसा पुगेको छ । सोमबार डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा रहेको थियो । त्यस्तै आज पाउण्डको मूल्य पनि बढेको छ । मंगलबार पाउण्डको खरिददर १६४ रुपैयाँ २९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५ पैसा पुगेको छ । अघिल्लो दिन पाउण्डको खरिददर १६३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६४ रुपैयाँ १७ पैसा रहेको थियो । त्यस्तै मंगलबार युरोको खरिददर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५५ पैसा पुगेको छ । अघिल्लो दिन युरोको खरिददर १४२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९७ पैसा रहेको थियो ।

राष्ट्र बैंकले मंगलबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ २८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७२ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ २१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६६ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ३ पैसा र बिक्रीदर ३५ रुपैयाँ १९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९४ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ २१ पैसा र बिक्रीदर २९ रुपैयाँ ३५ पैसा रहेको छ ।