१० महिनाको आवधिमा आयत निर्यात दुवै घट्यो, व्यापार घाटा १२ खर्ब बढी
वि.सं.२०८० जेठ ८ सोमवार १०:३३
shares

काटमाठौं, ८ जेठ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालको आयात र निर्यात दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार चालू आर्थिक वर्षको वैशाख महिनासम्म आयात र निर्यात दुवैमा गिरवाट आएको हो ।
चालू आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालबाट १ खर्ब ३० अर्ब ९० करोड बराबरको वस्तु निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट १ खर्ब ७३ अर्ब ३४ करोड बराबरको वस्तु निर्यात गरेको थियो । चालू आर्थिक वर्षको १० महिनामा गत वर्षको भन्दा २४.४९ प्रतिशतले निर्यातमा कमी आएको विभागको तथ्यांकले देखाएको छ ।
विभागको तथ्यांक अनुसार १० महिनाको अवधिमा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको माल वस्तु आयात गरेको छ । विभागको तथ्यांक अनुसार नेपालको व्यापार घाटा १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख पुगेको छ । गत वर्ष १० महिनाको अवधिमा नेपालबाट १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाख बराबरको कूल आयात गरेको थियो ।



















