Dhulikhel Eco Banner new

प्रतिनिधि सभाको बैठक १ बजे बस्दै, आर्थिक सर्वेक्षण प्रस्तुत हुने 

4.24K
shares
काठमाडौं, १४ जेठ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष ०७९/८० को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ । सरकारले चालू आर्थिक वर्षमा भएका गरेका प्रगति विवरण, कमजोरी तथा सुधारका उपाय पत्ता लगाउने उद्येश्यले आर्थिक सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा विषय विज्ञ टोली सहभागि थिए । सोही सर्वेक्षण आज संसदमा प्रस्तुत हुन लागेको हो । सर्वेक्षण आगमी आर्थिक वर्षको बिनियोजित बजेटका लागि मार्गदर्शन हुनेछ ।