Dhulikhel Eco Banner new

संयुक्त सभाको अध्यक्षता कस्ले गर्ने भन्ने टुंगो लाग्न बाँकी : सभापति प्रधान

5.54K
shares

काठमाडौं, १४ जेठ । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली समितिका सभापति ध्रुव बहादुर प्रधानले संयुक्त सभाको अध्यक्षता कस्ले गर्ने भन्ने कुराको कुनै निष्कर्ष आइनसकेको बताएका छन् ।

संघीय संसदमा पेश भएको संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामाथिको दफाबार छलफलमा उठेको प्रश्नको जवाफ दिदैं सभापति प्रधानले संघीयता कार्यान्वयन अनुगमन समितिको बारेमा पनि टुंगो लाग्न बाँकी रहेको बताए ।

उनले भने ‘ संयुक्त सभाको अध्यक्षता कस्ले गर्ने भन्ने कुरा संविधानमा भएको व्यवस्था बमोजिम बाहेकको कुरा गर्न नसकिने भएको कारणले त्यसलाई हामीले त्यतिकै राख्नुपर्ने अवस्था आएको छ । संघीयता कार्यन्वयन अनुगमन समितिको कुरा कहाँ र कुन समितिमा राख्ने भन्ने कुरा निर्णय गरिसकको छैनौं । ’