एउटा औठी पनि नलाउनलेलाई बोक्न नसक्ने गरी सुन लगाइयो : अध्यक्ष ओली
वि.सं.२०८० जेठ १७ बुधवार १५:३५
shares

काठमाडौं, १७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिको जलहरीबारे आफूलाई ट्रोल बनाइएकोमा चित्त दुखाएका छन् । बुधबार काठमाडौंमा आयोजीत पार्टी प्रवेश कार्यक्रममा उनले जीवनमै आफूले जम्मा पाँच दिन सुन लगाएको तर अहिले थेग्नै नसक्ने गरी सुन लगाएको फोटो ट्रोल गरिएको भन्दै चित्त दुखाएका हुन् ।
‘म सानो हुँदा मेरो आमाको औंठी चार दिन लगाएँ । एउटा साथीले दिएको औंठी बिहानदेखि बेलुकासम्म लगाएँ । त्योबाहेक सुन कहिल्यै लगाएको छैन ।’ उनले भने ‘जसले औंठी पनि लगाउँदैन् त्यसमा मलाई रुचि नै छैन । अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन् । यति साह्रो झूट, यत्रो मेहनत गरेर फैलाएका छन् कस्तो नियत होला । कस्तो घटिया कुरा होला ? आफ्नो क्षमता भएको भय सत्य सम्प्रेसण पो गर्नुपर्छ ।’

















