Dhulikhel Eco Banner new

नवनियुक्त डेपुटी गभर्नर रावलले लिए पद तथा गोपनीयताको शपथ

481
shares

काठमाडौं, ४ भदौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन्।

उनले आजै पदबहाली समेत गरे। भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका हुन्। शपथ ग्रहण समारोहमा सङ्क्षिप्त मन्तव्यसहित गभर्नर पौडेलले डेपुटी गभर्नर रावललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए। डेपुटी गभर्नर रावलले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका थिए।

उनी २०६९ सालमा उप–निर्देशक, २०७५ सालमा निर्देशक हुँदै २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए। पदोन्नतिपश्चात् उनले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए।