Dhulikhel Eco Banner new

विद्युतीय माइक्रोबसमा बजेटले थप्यो पिडा

9.11K
shares

काठमाडौं, १७  जेठ । सरकारले सार्वजनिक विद्युतीय सवारी साधनमा समेत कर बढाएको छ । माइक्रो बसमा व्यवसाय गर्नेहरु धेरैजसो स्वरोजगार रहेको र अब सरकारले यसरी कर बढाएपछि पहिलाको जस्तो व्यवसायी आर्कर्षित नहुने स्थिती सिर्जना हुने व्यवसायीको भनाइ छ ।

सरकारले विद्युतीय माइक्रेबसमा चालु आर्थिक वर्षमा १ प्रतिशत लाग्दै आएकोमा यो आव २०८०/८१ मा ह्वात्तै बढाएर १० प्रतिशत भन्सार लाग्ने निती ल्याएको छ । एक वर्षदेखि विद्युतीय माइक्रोबस सञ्चालनमा आएको हो । हालसम्म ३०० वटा विद्युतीय माइक्रोबसहरु दर्ता भएर सञ्चालनमा रहेका छन् ।

हालसम्म नेपालमा रहेका ६/७ हजार डिजेल माइक्रो बससहरुलाई विद्युतीय मायक्रो बसमा परिवर्तन गर्ने हो भने दैनिक पाँच करोड बराबरको डिजल खपत हुने एक व्यवसायीको भनाइ छ । ‘धेरै बचत, कम खर्चले नै देश विकासमा राम्रो योगदान रहँने हुँदा डिजेल गाडी भन्दा विद्युतीय गाडी नै राम्रो विकल्प हो ।’ उनले भने ।