Dhulikhel Eco Banner new

कृषि विकास बैंकले गर्यो नेपाल महर्सि वैदिक फाउण्डेशनलाई सहयोग

7.89K
shares

काठमाडौं, ४ साउन । असार २९ गते कृषि विकास बैंकले सामाजिक उत्तरदायित्व कोषवाट नेपाल महर्सि वैदिक फाउण्डेशनलाई प्राकृतिक श्रोत र वातावरणमा हुने प्रतिकुल असरवाट जोगाउन प्राकृतिक खेती र यस संग प्रत्यक्ष सरोकार राख्ने मल, रोग तथा किरा नियन्त्रण, वाली व्यवस्थापन आदि वारे समुदायमा जनचेतनामूलक र उत्पादनमूलक कार्यक्रममा सहयोग पुराउने कार्यका लागि सहयोग प्रदान गरेको छ ।

वातावरण संरक्षण सहित शुद्ध खाद्या वस्ुको उत्पादन तथा स्थानीय स्तरमै उचित मुल्य सहित वजार पहँुचको सुनिश्चिता गर्ने फाउण्डेशनको लक्षमा यस कार्यक्रमले सहयोग पुग्ने कुरा उक्त सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका उपमहाप्रवन्धक प्रताप सुवेदीले वताए । वैदिक फाउण्डेशनले दक्षिणकाली न.पा. वडा नं १ वोसनमा वैदिक आर्गानिक कृषि कार्यक्रम अन्र्तगत तरकारी र गोलभेडा खेतीका लागि टनेल निर्माण तथा उत्पादन कार्यका लागि सो सहयोग उपयोग हुने उक्त संस्थाले जनाएको छ । सहयोग रकम वैदिक प्राकृतिक कृषि प्रवद्र्धनमा मद्धत पुग्ने अपेक्षा गरेको छ ।

उक्त अवसरमा कृषि विकास बैंक लि. का उप महाप्रवन्धक प्रताप सुवेदी, सञ्चालन तथा वजार व्यवस्थापन विभागका विभागीय प्रमुख मीनराज पोखरेल, वरिष्ठ शाखा प्रमुख सरोज महत र फाउण्डेशनको तर्फवाट कार्यकारी निर्देशक भुपेन्द्र नीराजन, परियोजना संयोजक विन्दु शर्मा, फार्म सुपरभाईजर पुरुषोत्तम नगरकोटी तथा स्थानीय कृषक लगायतको उपस्थितिमा सो वैदिक अर्गानिक खेती गरिएको क्षेत्रको अवलोकन समेत गरे । उक्त अवसरमा महर्सि वैदिक फाउण्डेशनलाई प्राकृतिक कृषि प्रर्वद्धनमा मद्धत पुराएकोमा संस्थाले बैंकलाई धन्यवाद समेत प्रदान गरेको छ ।