Dhulikhel Eco Banner new

मधेश सरकारको नीति तथा कार्यक्रम आज

4.2K
shares

काठमाडौं, २३ जेठ । मधेश सरकारको अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ ।

मंगलबार दिउँसो तीन बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।