Dhulikhel Eco Banner new

व्यापारी तथा व्यवसायीहरूलाई राहत हुने कार्यक्रमहरू ल्याउने तयारीमा छौं : गभर्नर अधिकारी

4.5K
shares

काठमाडौं, २३ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति मार्फत व्यापारी व्यवसायीहरूलाई राहत हुने कार्यक्रमहरू ल्याउने तयारीमा भइरहेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बृहत अन्तरक्रिया कार्यक्रम गरेर आगामी साउन १५ गते भित्र कार्यक्रमहरू ल्याउने तयारीमा भइरहेको बताए ।

उनले भने,‘ मौद्रिक नीति मार्फत व्यापारी व्यवसायीहरूलाई राहत हुने कार्यक्रमहरू ल्याउने तयारी गरीरहेका छौं लगभग असार दोस्रो हप्ता बृहत अन्तरक्रिया कार्यक्रम गरेर आगामी साउन १५ गते भित्र आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गरि सक्ने योजना छ । मौद्रिक नीति पुरै आर्थिक वर्षभरिका लागि काम गर्ने खालको ल्याउने प्रयास छ । ’

उनले बजेटको सिलिङ किन ठूलो हो भन्ने कुराहरु आएको भन्दै एक्कासि बजेटको आकार घटाउन नसकिँने बताए ।