Dhulikhel Eco Banner new

नविल र बंगलादेश बैंकको विशेष साधारण सभा आज

6.59K
shares

काठमाडौं, ७ जेठ । मर्जरमा जाने तयारी गरिरहेका दुई ठूला बैंकहरुको विशेष शाधारण सभा आज (शनिबार) हुँदै छ । मर्जरमा जाने सहमति भएका नविल र नेपाल बंगलादेश बैंकले विशेष साधारण सभा आजका लागि बोलाएका हुन् ।

यि दुई बैंक मर्जर रोक्नका लागि परेको मुद्दा बिहीबार फिर्ता भएसँगै मर्जर हुन बाटो खुलेको थियो । दुवै बैंकले शनिबार एकै समयमा साधारण सभाको आयोजना गरेका छन् ।

नबिल बैंकले सिल्भर ओक ब्याक्वेटमा विहान ११ बजे विशेष साधारण सभा बोलाएको छ भने नेपाल बैंगलादेश बैंकले सोही समयमा नेपाल आर्मीको अडिटोरीयम हलमा विशेष साधारण सभा बोलाएको छ । त्यस्तै भौतिक रुपमा उपस्थित हुन नसक्ने शेयर धनीहरुका लागि भर्चुअल माध्यमबाट विशेष साधारण सभामा सहभागिता हुने व्यवस्था मिलाइएको बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । हाल नबिल बैंकको चुक्ता पूँजी करिब १८ अर्ब ५० करोड रुपैयाँ र एनबी बैंकको करिब १० अर्ब ९ करोड रुपैयाँ रहेको छ ।