Dhulikhel Eco Banner new

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, के छन् कार्यसूचिमा ?

3.52K
shares

काठमाडौं, २४ जेठ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार पनि बस्दैछ ।

बुधबार संसद् भवनमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट (राजश्व र व्ययको वार्षिक अनुमान) माथिको छलफल जारी रहने संसद सचिवालयले जानकारी गराएको छ ।
सरकारले ल्याएको बार्षिक बजेटलाई लिएर सक्तापक्ष, प्रतिपक्ष र अन्य दलका प्रतिनिधि सांसदहरुले आ–आफ्नै धारणा राख्दै आएका छन् ।

सरकारको नीति तथा कार्यक्रमलाई गतिहीन दस्तावेजको संज्ञा दिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट सच्याउन माग गरेको छ । तर,सत्ता पक्षका सांसदहरूले भने बजेट कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै आएका छन् ।

त्यस्तै, आज राष्ट्रिय सभाको पनि बैठक बिहान ११ बजेपछि बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।