Dhulikhel Eco Banner new

बजेट कार्यान्वयनका लागि नीति नियमहरु पर्याप्त छैनन् : सांसद घर्ती

4.95K
shares

काठमाडौं, २५ जेठ । सांसद पूर्णबहादुर घर्तीले बजेटको कार्यान्वयनका लागि प्रशासनिक संरचना र नीति नियमहरु पर्याप्त नभएको टिप्पणी गरेका छन् ।

बिहीवार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदैं उनले बजेट पास भएको महिनाबाट नै कार्यान्वयनमा जान प्रशासनिक संरचना र नीति नियमहरु पर्याप्त नभएको बताएका हुन् ।

उनले भने ,‘बजेट पास भएको महिनाबाट नै कार्यान्वयनमा जाने अवस्था अहिले प्रशासनिक संरचना र नीति नियमहरु पर्याप्त छैनन् ।’

सांसद घर्तीले खारेजी तथा गाभिने भनेर प्रस्ताव गरेका २० वटा निकायहरुको व्यवस्थापन गर्न फेरि लफडा सुरु हुने दाबी गरे ।

बजेट पार्न पहुँच हुनु पर्ने पुरानो प्रवृति अहिलेको बजेटमा पनि देखा परेको पनि उनको आरोप थियो ।