Dhulikhel Eco Banner new

जुनसुकै कार्यक्रममा पनि भाषण नै बढी हुने गरेको प्रधानमन्त्री दाहालको गुनासो

3.78K
shares

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै कार्यक्रममा पनि भाषण नै बढी हुने गरेको गुनासो गरेका छन् ।

शनिबार काठमाडौं महानगरपालिकाद्वारा आयोजित नेपाल अर्केष्ट्रा – ११४३ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भाषणले हरेक कार्यक्रमको महत्व कम गरिदिने गरेको बताए ।

उनले भने ‘हामीहरुको प्रचलन के भएको छ भने जुनसुकै कार्यक्रममा पनि भाषण धैरै हुने । भाषणले जे कार्यक्रम हो त्यसको महत्वलाई नै कम गर्दिने गरेको छ । त्यसैले म भाषण गर्दिन् । नेपाल सरकारको तर्फबाट ज्यापू महागुठीको लागि र संगीतको लागि पूर्णरुपमा सहयोग हुने छ ।’