Dhulikhel Eco Banner new

‘वान एक्स बेट’को विज्ञापन गरेको भन्दै बल्छी ध्रुवे र पवन खतिवडा सहित ८ जना पक्राउ

6.12K
shares

काठमाडौं , ३२ जेठ । नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा कलाकार बल्छी ध्रुवे र पवन खतिवडासहित ८ जना पक्राउ परेका छन् ।

उनीहरुलाई बुधबार बेलुका पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए । उनले पक्राउ परेकालाई काठमाडौं प्रहरी परिसर टेकुमा राखिएको जानकारी दिए ।

पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल, पवन खितवडा, एलिस राई, ज्वलन घर्ति मगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगमन नेपाली रहेका छन् ।

पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ।