अमेरिकी डलरको भाउ घट्यो, कुन देशको विनिमय दर कति ?
वि.सं.२०८० असार ३ आइतवार ०८:३०
shares

काठमाडौं, ३ असार । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज हमेरिकी डलरको भाउमा एक रुपैयाँ गिरावट आएको छ । एक रुपैयाँले घटेको अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ १९ पैसा र बिक्री दर १४३ रुपैयाँ ८४ पैसा रहेको छ ।
यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २९ पैसा र बिक्री दर १६८ रुपैयाँ ०६ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८८ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको छ ।


















