Dhulikhel Eco Banner new

असार १५ गते कर्णाली प्रदेश बन्द गर्ने लघुवित्त विरुद्ध संघर्ष समितिको तयारी

8.65K
shares

काठमाडौं, १३ असार । लघुवित्त विरुद्धको संघर्ष समिति असार १५ गते कर्णाली प्रदेश बन्द गर्ने तयारीमा जुटेको छ । उक्त समिति विगत लामो समयदेखि लघुवित्त संस्थाहरु विभिन्न कमीकमजोरी देखाउँदै विभिन्न ठाउँमा आन्दोलन गर्दै आइरहेको छन् ।

लघुवित्त विरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञावालीले १३ गतै समाजिक सञ्जाल फेसबुक मार्फत कर्णाली प्रदेश बन्दको घोषणा गरेका हुन् । उक्त समतिद्धारा २ गते प्रदेश नंम्बर एक, ७ गते मदेश प्रदेश, ११ गते सुदुरपश्चिम बन्द गरिसकेका छन् । १३ गते कर्णाली, १९ गते गण्डकी प्रदेश, २२ लुम्बिनी प्रदेश, २५ बाग्मति प्रदेश र २९, ३० र ३१ गते नेपाल बन्द गर्ने तयारीमा रहेको समितिका अध्यक्ष ज्ञवालीले जानकारी दिएका छन् ।

उनले आन्दोलनको क्रममा शिक्षा, स्वास्थ्य क्षेत्रमा समेत प्रभाव नपार्ने बताए । ‘ जबसम्म हाम्रो सरकारसंगको माग पुरा हुँदैन तबसम्म उक्त आन्दोलन चलिरहन्छ’ उनले भने ।