Dhulikhel Eco Banner new

१० महिनामा १६ खर्ब बढीको वस्तु आयात

6.54K
shares

काठमाडौं, ८ जेठ । नेपालले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा १६ खर्ब भन्दा बढीको बस्तु आयात गरेको छ । यो १० महिनाको अवधिमा नेपालले १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको बस्तु आयात भएको हो ।

यो आयात गरिएको बस्तु अहिलेसम्मकै धेरै मूल्यको बराबरको समेत हो । नेपालले गत वर्ष यहि अबधिमा गत वर्ष १५ खर्ब ३९ अर्ब रकम बराबरको वस्तु आयात गरेको थियो । त्यो त्यतिखेरको नयाँ रेकर्ड थियो अहिले पुनः आयातमा नयाँ रेकड कायम भएको हो । पछिल्लो समय नेपालले उच्च आयात भएको भन्दै विभिन्न वस्तुमा प्रतिबन्ध गरेको लगाएको छ । तर पनि आयतमा कमी आउन नसकेको हो ।

नेपाल राष्ट्र बैंकले ४७ वटा वस्तुको आयातमा प्रतिपत्र (एलसी) को व्यवस्था गरेको छ । सो व्यवस्था गरेपनि आयातमा भने कुनै कमी आएको देखिँदैन । अर्थमन्त्री जनार्दन शर्माले संसदमा बोल्दै १० महिनाको अवधिमा १६ खर्ब बढीको वस्तु आयात भएको बताएका छन् । त्यसैगरी, १० महिनाको अवधिमा नेपालबाट १ खर्ब ७३ अर्बको निर्यात गरेको छ । निर्यातमा पनि यो नेपालको नयाँ रेकर्ड हो । गत वर्षको तुलनामा नेपालको आयात २७.९५ प्रतिशतले बढेको छ भने निर्यातमा ५९.८ प्रतिशतले वृद्धि भउको देखिएको छ ।

नेपालले आयात गरेको वस्तुको तुलनामा निर्यात भएको बस्तुको हिस्सा निकै कम हरेको छ । जसका कारण गत वर्षको तुलनामा २४.०९ प्रतिशतले वृद्धि भएर व्यापार घाटा १४ खर्ब ३१ अर्ब रुपैयाँमा पुगेको छ ।