Dhulikhel Eco Banner new

अमेरिकी डलरको मूल्य स्थिर, कुन देशको विनिमय दर कति ?

4.43K
shares

काठमाडौं, १९ असार । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज, अमेरिकी डलरको मूल्य स्थिर छ । आज स्थिर रहेको अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८४ पैसा र बिक्री दर १३१ रुपैयाँ ४४ पैसा पुगेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ८४ पैसा र बिक्री दर १६६ रुपैयाँ ६० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५४ पैसा र बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको छ ।त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।