शेयर बजारमा सुधार, कारोबार रकम ३ अर्ब ४ करोड
वि.सं.२०८० असार २४ आइतवार १६:१५
6.31K
shares
shares

काठमाडौं, २४ असार । कारोबारको पहिलो दिन शेयर बजारमा सुधार भएको छ । आज शेयर बजारमा २८ अंकको सुधार आएको छ । आज २८ दशमलव ३८ अंकले सुधार आएर शेयर बजार परिसूचक २०७७ दशमलव ७६ विन्दुमा पुगेको छ ।
आइतबार २८७ कम्पनीका ८३ लाख ५२ हजार ५७६ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९६१ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ६ दशमलव ३५ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३८८ दशमलव ५१ विन्दुमा पुगेको छ ।

















