Dhulikhel Eco Banner new

सहकारी संस्था नियमनका गर्न छुट्टै विशिष्टिकृत निकाय स्थापना गर्न सहजीकरण गर्दै राष्ट्र बैंक

6.25K
shares

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाहरुको नियमनप्रति चासो देखाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति जारी गर्दै सहकारी संस्थाहरुको नियमन र सुपरिवेक्षणका लागि चासो देखाएको हो ।

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा भनिएको छ,‘ आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गरिनेछ ।