Dhulikhel Eco Banner new

५ सयले बढ्यो सुनको मूल्य

3.39K
shares

काठमाडौं, १० साउन । साताको चौथो कारोबारको दिन सुन र चाँदीको मुल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । आज छापावला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ कायम रहेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा खरिद बिक्री भएको छ । तेजावी सुन अघिल्लो दिन एक लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।