एकदिन पनि टिकेन शेयर बजारको हरियाली
वि.सं.२०८० साउन १६ मंगलवार १५:१३
shares

काठमाडौं, १६ साउन । पछिल्लो समय लगातार रुपमा ओरालो लागेको शेयर बजार हिजो केही अंकको सुधार आएको थियो । तर त्यो हरियाली एक दिन पनि टिकेन । साताको कारोबारको तेस्रो दिन आज फेरि शेयर बजारमा २८ दशमलव ५९ अंकको गिरावट आएको छ । २८ अंकले गिरावट आएको शेयर बजार परिसूचक २०७७ दशमलव ५८ विन्दुमा पुगेको छ ।
मंगलबार २६२ कम्पनीका ६० लाख १५ हजार ६७ कित्ता शेयर अरिद बिक्री हुँदा १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स पनि घटेको छ । आज ५ दशमलव १३ अंकले घटेको सेन्सेटिभ इण्डेक्स ३९६ दशमलव ७२ विन्दुमा पुगेको छ ।



















