Dhulikhel Eco Banner new

सुन प्रकरणमा कांग्रेसको तर्क, को सत्तापक्ष को प्रतिपक्ष बिर्सिएर अनुसन्धानमा सहयोग गरौं

3.65K
shares

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले, को सत्तापक्ष को प्रतिपक्ष बिर्सिएर अनुसन्धानमा सहयोग गर्न प्रतिपक्षलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले, यसअघि सरकारले थालेका अनुसन्धान निचोडमा नपुगेपनि अब त्यसो नहुने विश्वासका साथ थालिएको अनुसन्धान पुराहुन दिनु पर्ने बताए ।
उनले भने ‘अनुसन्धान गर्ने विषयमा सम्बन्धित निकायले अनुसन्धान गर्न सुरु गरेको छ । जुन विषयको अनुसन्धान भइरहेको छ । त्यो विषयमा संयमता अपनाऔं । हामीले धैर्याता गरौं । राज्यका निकायहरुलाई सहयोग गरौं । को सत्तामा छौ को प्रतिपक्षमा छौं त्यो बिर्सिएर जाऔं ।’

उनले अनुसन्धान भइरहेको विषयमा आशंका मात्रै गरेर केही नहुने भन्दै एक भएर अघि बढ्न आग्रह गरे। जनतालाई संसद बन्द भएको हैन् खुला भएको हेर्न मन छ भन्दै उनले संसद अवरुद्ध गरेर समाधान बाहिर खोज्न खोजिएको भन्दै उनले आपत्ति जनाए । उनले विश्वमा नेपालको शीर निहुराउने गरी भएको सुन प्रकरणको छानविनमा गम्भीर हुन उनले गृहमन्त्रीलाई आग्रह गरे । सरकारले फाइल खोल्ने तर त्यसमा आशंका गरेर यस्ता अनुसन्धान प्रभावित हुने गरी प्रस्तुत हुने काम गलत भएको उनको तर्क छ ।