मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५९
884
shares
shares

काठमाडौं, १८ वैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ५६ हजार २८३ कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर खरिदका लागि सर्वसाधारणहरुले आगामी जेठ १ गतेभित्र मुक्तिनाथ क्यापिटलको कार्यालयमा आवेदन दिनुपर्नेछ ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ ।


















